बैशाख २ (हाकाहाकी)– सरकारले जारी लकडाउनलाई बैशाख १५ गतेसम्म थप्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठककले चैत ११ देखि जारी लकडाउनलाई बैशाख १५ सम्म थप्ने निर्णय लिएको हो।
देशका विभिन्न ठाउँमा कोरोनाबाट संक्रमितको संख्या बढिरहेका बेला लकडाउन अवधि थप गरिएको हो ।
यसैगरी बैठकले बैशाख १८ गतेसम्मका लागि सीमानाका बन्द नै राख्ने निर्णय पनि गरेको छ।
सरकारले यसअघि नै बैशाख १८ गतेसम्मका लागि अन्र्तराष्ट्रिय हवाई उडान बन्द गरिसकेको छ।
मुलुकभित्र कोरोना सङ्क्रमितको संख्या बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले लकडाउन एकसाता लम्ब्याइएको एक मन्त्रीले बताएका छन् ।