Saturday, November 16, 2024

वाग्द्धार मेला स्थगित

बैशाख १(हाकाहाकी)– वाग्मतीको उद्गमस्थल वाग्द्वारमा लाग्ने मेला कोरोना भाइरसको सक्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण स्थगन भएको छ ।

प्रत्येक वर्ष वैशाख १ गते नयाँ वर्षका अवसरमामेला चलाउँदा भीड जम्मा भई कोरोनाको सक्रमण फैलनसक्ने भएकाले यस वर्ष स्थगन गरिएको वाग्द्वार उपभोक्ता समितिका अध्यक्ष अरुण ठकुरीले जानकारी दिनुभयो ।

मेला स्थगन गरिए पनि पुजारीबाट आज हुने विशेष पूजा भने गरिनेछ ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सङ्गमस्थलमा पर्ने वाग्द्वारमा नयाँ वर्षका दिन स्नान गरी त्यस नजिकैको शिवलिङ्ग एवं शत रुद्रेश्वर महादेव मन्दिरमा पूजा गरेमा पाप पखालिई पुण्य कमाइने जनविश्वास छ ।

आज बिहानै वाग्द्वार स्नान गरी शिवलिङ्ग र शत रुद्रेश्वर महादेव मन्दिरमा पूजा गर्ने चलन छ ।

शिवपुरीको दर्शन गरेर विष्णुपादुकाको दर्शन, टोखा नगरपालिकास्थित सपनतीर्थ हुँदै भक्तपुरको बिस्केट जात्रा हेर्न जाने नियम रहेको समितिले जनाएको छ ।

यस वर्ष वाग्द्वारको स्नान मेलासँगै विष्णुपादुका, सपनतीर्थ एवं टोखाको बिस्केट जात्रा पनि स्थगन गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार