Saturday, November 16, 2024

नौ महिनाको विकास खर्च २५ दशमलव ७९ प्रतिशत मात्र

बैशाख १ (हाकाहाकी)– कोरोना भाइरसले गर्दा चालु आर्थिक वर्षको ९ औं महिना बितिसक्दा मात्र २५.७९ प्रतिशत विकास खर्च भएको छ ।

अझ कोरोनाबाट अति प्रभावित चैत महिनामा विकास खर्चमा व्यापक कमी आएको छ ।

सरकारले बजेटको अर्धवार्षिक समीक्षाबाट संशोधन गरेको लक्ष्य अनुसार फागुनयता हरेक महिना झण्डै ५० अर्ब रुपैयाँ विकास खर्च हुनुपर्ने थियो । तर, चैत महिनामा पौने नौ अर्ब रुपैयाँ विकास खर्च भएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चैत मसान्तसम्म कूल विकास खर्च एक खर्ब पाँच अर्ब २२ करोड ४५ हजार भएको छ ।

यो चालु आवमा विनियोजित विकास खर्चको २५.७९ प्रतिशत मात्र हो । फागुनमा विकास खर्च ९६ अर्ब ४८ करोड रुपैयाँ थियो ।

चैतमा मात्र आठ अर्ब ७४ करोड रुपैयाँ विकास खर्च भएको तथयांकले देखाएको छ ।

सरकारले २० चैतसम्म ठेक्का लागेकोबाहेक सरकारी निकायबाट हुने खरिद प्रक्रिया रोकेको छ ।

अर्थ मन्त्रालयका अनुसार सरकारको सबै ध्यान कोरोना नियन्त्रण, रोकथाम र उपचारमा लगाउनु पर्ने भएकाले स्रोत साधनलाई त्यहीतर्फ केन्द्रित गरिएको छ ।

सरकारले चालु आवमा कूल चार खर्ब आठ अर्ब रुपैयाँ विकास खर्च विनियोजन गरेकोमा अर्धवार्षिक समीक्षाले यसलाई तीन खर्ब २६ अर्ब ८१ अर्बमा झारेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार