Saturday, November 16, 2024

-यापिड टेस्ट गर्दा काठमाडौमा एकै परिवारका तीन जनामा कोरोना पोजिटिभ

बैशाख १ (हाकाहाकी)– लण्डनबाट चैत पहिलो साता नेपाल फर्किएको एउटै परिवारका तीन सदस्यमा कोरोना पोजिटिभ देखिएको छ । ¥यापिड टेस्टको किट प्रयोग गरेर परिक्षण गर्दा यस्तो परिणाम आएको हो । तीनै जनालाई पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ ।

¥यापिड टेस्टको परिणाम शतप्रतिशत सही नहुने ठहर गर्दै पाटन अस्पतालले तीनै जना बिरामीको स्वाब नुमना पिसीआर गर्नका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको छ ।

यसअघि आइतबार ¥यापिड टेस्ट गर्दा पोजिटिभ देखिएकी बाग्लुङकी एक महिलाको सोमबार गरिएको पिसिआर टेस्टको परिणाम नेगेटिभ आएको थियो ।

कोरोना पोजिटिभ देखिएको परिवारका काठमाडौको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्दै आएका छ । प्रहरीले अपार्टमेन्टमा बस्दै आएका सर्वसाधारणलाई घर बाहिर ननिस्कन अनुरोध गरेको छ ।

अपार्टमेन्ट र उक्त क्षेत्र प्रहरीको निगरानीमा छ ।

ताजा समाचार

सम्बन्धित समाचार