चैत ३० (हाकाहाकी)– बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड १९ (कोरोना)लाई जितेका छन् । स्वास्थ्यमा सुधार आएपछि उनलाई आइतबार अस्पतालबाट स्चिार्ज गरिएको छ ।
कोराना संक्रमण भएको केही दिनपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई आइसीयुमा राखेर उपचार गरिएको थियो । पछि श्वासप्रश्वासमा समस्या आएपछि उनलाई भेन्टिलेटरमा पनि राखियो । तीन दिनको आइसीयुको उपचार पछि उनी डिस्चार्ज भएका हुन ।
अस्पतालबाट डिस्चार्ज भएपनि प्रधानमन्त्री जोन्सनलाई उपचारमा संलग्न चिकित्सकहरुले तत्काल काममा नफर्कन सुझाव दिएका छन् । चिकित्सकको सुझाव अनुसार उनी केही दिन आराम गर्ने बिबिसीले जनाएको छ ।
डिस्चार्जपछि उनले राष्ट्रिय स्वास्थ्य सेवाको प्रसंसा पनि गरेका छन् । र, आफ्नो उपचारमा संलग्न दूई आप्रवासी नर्स, न्यूजिल्यान्डकी जेनी र पोर्चुगलकी लुइसले ४८ घण्टा आफ्नो विशेष हेरचाह गरेकोमा आभार प्रकट गरेका छन् ।