Saturday, November 16, 2024

आयुर्वेदिक उपचारलाई प्रमाण्ति गर्न कार्यदल

चैत ३० (हाकाहाकी)– भारतमा कोरोनाभाइरस विरुद्धको आयुर्वे्दिक उपचारलाई वैज्ञानिक रुपमा प्रमाणित गर्न कार्यदल गठन गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले नै कार्यदल गठन गरेर आयुर्वे्दिक उपचार पद्धतिबाट कोरोनाभाइरसको उपचार हुन्छ की हुँदैन परीक्षण गर्न र वैज्ञानिक रुपमा पुष्टि गर्न निर्देशन दिनु भएको हो ।

आइसीएमआरजस्ता निकायहरुसँग समन्वय गरेर यसका बारेमा अध्ययन गर्न प्रधानमन्त्री मोदीले लगाउनु भएको आयुर्वेद र योगसम्बन्धी संघीय राज्यमन्त्री श्रीपद वाई नाइकले जानकारी दिनु भएको छ ।

ए एन आई सँगको कुराकानीका क्रममा राज्यमन्त्री नाइकले कोरोनाभाइरसको आयुर्वे्दिक तथा परम्परागत उपचारका बारेमा वैज्ञानिक रुपमा परीक्षण तथा पुष्टि गर्न प्रधानमन्त्री मोदीले नै एउटा कार्यदल बनाएर परिचालन गर्नुभएको छ ।

आयुर्वे्दिक उपचार पद्धतिका बारेमा आफूहरुसँग झण्डै दुई हजार प्रस्तावहरु आएको र ती सबैको अध्ययन र परीक्षण गरिने जानकारी उहाँले दिनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार