Saturday, November 16, 2024

आर्थिक वृद्धिदर २.८ भन्दा माथि पुग्दैन: विश्व बैंक

चैत ३० (हाकाहाकी)– विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २ दशमलव ८ प्रतिशत भन्दा माथि नपुग्ने बताएको छ ।

कोरोना भाइरस का कारण सन् २०२० कारण नेपालका आर्थिक वृद्धिदर १.५ प्रतिशतदेखि २.८ प्रतिशतबीच रहने बताएको हो ।

आज विश्व बैंकले ‘साउथ एसिया इकोनोमिक फोकस’मा सार्वजनिक गरेको विवरणअनुसार कोरोना संकट र त्यसपछि लगाइएको बन्दाबन्दीका कारण आउँने दिनमा अझ बिग्रिने प्रक्षेपण गरेको छ ।

विश्व बैंकले ६ महिनाअघि मात्र नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत हुने प्रक्षेपण गरेको थियो।

विवरणअनुसार सन् २०२१ मा आर्थिक वृद्धिदर १.४ देखि २.९ प्रतिशतको बीचमा रहने प्रक्षेपण समेत गरेको छ।

त्यसपछिको वर्षमा भने केही सुधार भएर सन् २०२२ मा २.७ देखि ३.६ प्रतिशतको बीचमा रहने उसको प्रक्षेपण छ।

नेपालको जनसंख्या वृद्धिदर १.१ प्रतिशत मान्दा लगातार दुई आर्थिक वर्षमा प्रतिव्यक्ति आयमा कमी आउने बैंकले जनाएको छ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना संकटका कारण नेपालमा भित्रने रेमिट्यान्समा हुने कमी, व्यापार र पर्यटनमा पर्ने असर र समग्र आर्थिक क्षेत्रमा आउने समस्याका कारण नेपालको आर्थिक वृद्धिदर २.८ प्रतिशतभन्दा तल नै रहने विश्व बैंकको रहेको नेपालका लागि विश्व बैंकका कन्ट्री म्यानेजर फरिस हाडाड् जेर्भोसले जानकारी दिनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार