चैत २९ (हाकाहाकी)– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कोरोना भाईरसको कारण रोकिएको फुटबल सुरु गर्न हतार गर्न नहुने बताएको छ ।
फिफा अध्यक्ष जियानी ईन्फान्टिनोले फुटबललाई जति सक्दो चाँडो सुरु गर्न खोज्नु गैर जिम्मेवार हुने तर्क अघि सार्नुभएको छ ।
कोरोनाका कारण विश्वभरका घरेलु फुटबल स्थगित अवस्थामा छ ।
र कोरोनाकै कारण युरो २०२० र कोपा अमेरिका एक बर्ष पछाडी धकेलिएको छ ।
विश्वभर यो भाइरस फैलिए पनि केही देशमा भने फुटबल सञ्चालन भईरहेको छ ।
बेलारुस, बुरुन्डी, ताजकिस्तान जस्ता देशको घरेलु फुटबल भने चलिरहेको छ ।