चैत २९ (हाकाहाकी)–इंग्ल्यान्डको लिग म्यानेजर्स एसोसियसनका प्रमुख कार्यकारी रिचार्ड बेभानले लिग फेरी सुचारु गर्नु अघि सम्पूर्ण खेलाडीमा कोरोना भाईरसको परिक्षण गर्नु पर्ने बताउनुभएको छ ।
बीबीसी रेडियोसँगको कुराकानीमा रिचार्डले लिग अघि खेलाडी, प्रशिक्षक, अफिसियल लगायत सम्पूर्णमा कोरोनाको परिक्षण गर्नु पर्ने बताउनुभएको हो ।
कोरोनाको कारण इंग्ल्यान्डमा फुटबल गतिविधि अनिश्चित कालका लागि स्थगित गरिएको छ ।
रिचार्डले खेलाडीको परिक्षण नगरेसम्म व्यवस्थापकहरु मैदान नफर्कने समेत बताउनुभयो ।
उहाँले लिग फेरी सुचारु गर्नुअघि कम्तिमा ३ साता तयारीको आवश्यकता रहेको समेत बताउनुभएको छ ।