Saturday, November 16, 2024

अमेरिकामा १८ हजार ७ सय बढिको मृत्यु

चैत २९ (हाकाहाकी)– संसारमै सबैभन्दा बढी कोरोना भाइरस संक्रमित रहेको अमेरिकामा १८ हजार सात सयभन्दा बढीको मृत्यु भएको छ ।

त्यहाँ संक्रमितको संख्या भने ५ लाख नाघेको छ ।

२४ घन्टाको बीचमा २ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएको र ३३ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेको अन्र्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

यद्यपि, विज्ञहरुले अमेरिकामा कोरोना भाइरसले स्थिर रुप लिएको जनाएका छन् ।

ह्वाइट हाउस कोभिड–१९ टास्क फोर्सका विज्ञहरुले अमेरिकामा कोरोना भाइरसको संक्रमण स्थिर हुन थालेको र अब केही सयमपछि ओरालो लाग्ने जानकारी दिएका हुन् ।

सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले संक्रमण स्थिर देखिन थालेको र अब कम हुँदै जाने संकेत मिलेको बताउँदै कोरोना भाइरसको संक्रमण तथा यसबाट हुने मृत्यु कम हुँदै जाने बताउनुभएको हो । यद्यपि उहाँले सामाजिक दूरीसहितका रोकथामका उपायहरु भने जारी राख्नु पर्ने बताउनुभएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पूर्वानुमान गरिएभन्दा कम मृत्यु हुने अपेक्षा रहेको बताउनुभएको छ ।

अमेरिकामा सबैभन्दा बढी प्रभावित भएका न्यूयोर्क, न्यूजर्सी, सिकागो जस्ता शहरमा संक्रमण तथा मृत्यु हुनेको संख्या स्थिर हुन थालेको हो ।

ताजा समाचार

सम्बन्धित समाचार