Saturday, November 16, 2024

मलेसियामा लकडाउनको म्याद थपियो

चैत २९(हाकाहाकी) –मलेसियामा लगाउदै आएको लकडाउनको म्याद थपेर यही अप्रिल २८ तारिखसम्म पु¥याएको छ ।
मलेसिया सरकारले अहिलेलाई थप दुई हप्ताका लागि लकडाउनको म्याद थपिएको ए एन आई समाचार संस्थाले जनाएको छ ।

प्रधानमन्त्री मुहिद्धिन यासिनले राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै लकडाउनका लागि जारी गरिएको आवात जावत नियन्त्रण निर्देशन आउने अप्रिल २८ तारिखसम्म लागु हुने घोषणा गर्नुभएको समाचारमा जनाइएको हो ।

उहाँले स्वास्थ्य मन्त्रालय र विज्ञहरुको सुझावका आधारमा आवात जावत नियन्त्रण गर्ने व्यवस्थालाई लम्ब्याइएको बताउनु भएको समाचारमा उल्लेख छ ।

कोरोना भाइरसको संक्रमण थप फैलिन नदिनका लागि आवत जावत नियन्त्रण अत्यावश्यक र अनिवार्य भएकाले यसलाई निरन्तरता दिनु पर्ने भएको उहाँको भनाई छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण नुहदाँसम्म यस्तो व्यवस्था लामो समयसम्म पनि जानसक्ने प्रधानमन्त्री यासीनले बताउनु भयो ।

मलेसियामा लकडाउनका लागि आवात जावत नियन्त्रण निर्देशन लागु गरिएको आज २५ दिन भइसकेको छ ।
गएको मार्च १८ देखि नै मलेसियामा लकडाउन सुरु गरिएको थियो ।

औषधी, खाद्य पदार्थ लगायतका अत्यावश्यक सामग्रीहरु किन्नका लागि निस्कनु पर्ने बाहेक अन्य सबैजना घरमै बस्न प्रधानमन्त्री यासिनले आग्रह गर्नुभयो ।

लकडाउनका कारण मलेसियाको आर्थिक क्षेत्रमा ठूलो क्षति पुगेको र यसले धेरै पछिसम्म असर गर्न सक्ने अधिकारीहरुले बताएका छन् ।

हिजोसम्ममा मलेसियामा कोरोना भाइरसका कारण चार हजार ३४६ जना संक्रमित भएका छन् भने ७० जनाको मृत्यु भइसकेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार