Saturday, November 16, 2024

दक्षिण सिमामा ९०१ सुरक्षा चौकी स्थापनाः गृह

चैत २९ (हाकाहाकी)– नेपाल भारत सीमा क्ष्ोत्रमा कोरोना संङ्क्रमण रोकथामका लागि सीमा क्षेत्रमा ९ सय १ वटा पोस्ट खडा गरि सशस्त्र प्रहरीलाई तैनाथ राखिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

गएको तीन दिनयता छिमेकी मुलुक भारतसंग जोडिएका सीमा क्षेत्रमा ९ सय १ वटा पोस्ट खडा गरि सशस्त्र प्रहरीलाई तैनाथ राखिएको गृह मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले नेपाल भारत सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी प्रमुख जिल्ला अधिकारीको मातहत परिचालित हुने बताउनुभएको छ ।

भारत तथा नेपालमा लकडाउन जारी रहँदा पनि भारतबाट नेपाल आउने मानिसहरुले चोरी बाटो प्रयोग गर्न थालेको पाइएपछि गृह मन्त्रालयले टेन्ट लगाएर अस्थाई पोस्ट बनाइ सशस्त्र प्रहरीलाई सीमामा खटाउने निर्णय गरेको थियो ।
त्यही निर्णय अनुरुप अहिले सीमा पिलर नजिकै सशस्त्र प्रहरीले अस्थाई पोस्ट बनाइ सुरक्षाको काम सुरु गरिसकेको सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

भारतको पश्चिम बङ्गाल र बिहारसँग सीमा जोडिएको झापामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले जनशक्ति थप गरेको छ ।
जिल्लाको पूर्वोउत्तर सिमाना तिरीङ खोलादेखि पश्चिम–दक्षिण सिमावर्ती गोरीगञ्जसम्म १४४ दशमलव २ किलोमिटर सीमा क्षेत्रमा परिचालन गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार