चैत २९ (हाकाहाकी)– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिँदै आएको लकडाउन तत्काल अन्त्य नहुने बताउनुभएको छ ।
शनिबार सिंहदरबारस्थित एक्सन रूमबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले लकडाउन तत्काल नहट्ने र नेपाल भारत सीमा नाकामा अझै कडाइ गरिने बताउनुभएको हो ।
मुख्यमन्त्रीहरुसँग नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासबारे जानकारी लिँदै प्रधानमन्त्री ओलीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले गरेका प्रयासहरू सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढंगले अघि बढ्न जरूरी रहेको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।