विश्वभरि महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण हाल देश पुरै लकडाउन रहेको अवस्थामा विरामीहरुका लागि रगतको अभाव हुन नदिन ललितपुरमा रक्तदान कार्यक्रम भएको छ ।
गोदावरी नगरपालिका वडा नम्बर १० सिमलचौरमा भएको रक्तदान कार्यक्रममा ४१ जना सहभागीहरुले रगत दिएको समाजसेवी शेखर न्यौपानेले जानकारी दिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, लाइन्स क्लवको सहयोग रहेको थियो ।
सामाजिक अभियान्ता बेवी थापाको विशेष सहजीकरणमा भएको रक्तदान अहिलेको विषम परिस्थितिलाई ख्याल राख्दै विरामीहरुका लागि आवश्यक पर्ने रगतको अभाव हुन नदिन कार्यक्रम गरेको न्यौपानेले बताए। गोदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारीले समेत रक्तदान गरेकी िथिइन् ।