चैत २९– महालक्ष्मी नगरपालिकामा विदेशबाट आएर सेल्फ क्वारेन्टाइनमा बसेका ७० जनाको कोरोना भाइरस परिक्षणका लागीे स्वाबको नमुना लिइएको छ ।
महालक्ष्मी नगरपालिकाको आग्रहमा स्वास्थ्य कार्यालय ललितपुरको अगुवाईमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका ल्याव अधिकृतको टोलीले स्वावको नमुना लिएका हुन् । बिहीबार ४० जनाको र शुक्रबार ३० जनाको स्वावको नमुना लिएको स्वास्थ्य कार्यालयका प्रमुख डा खगेश्वर गेलालले जानकारी दिए । शुक्रबार नगरपालिकाको वडा नम्बर १ स्थित इमाडोल हेल्थपोष्टमा नमुन संकलन गरिएको हो र्। यहाँबाट विभिन्न देशबाट ३ साता अघि नेपालमा आई सेल्फ क्वारेन्टाइनमा बसेकाहरु ३० जनाको स्वाबको नमुना लिइएको हो , हेल्थपोष्ट प्रमुख शंकर मर्हजनले भने र्, यति गरेर रिपोट आएपछि उहाँहरु ढुक्क हुनुहुनेछ ।
यस्तै बिहीबार नगरपालिकाको वडा नम्बर ८ मा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्र लुभुमा बेलायत , नर्वे , कतार , अष्ट्रेलिया , युएई ,म्यानमार, भारत , बंगलादेश , माल्दिभ्स लगायतका देशबाट फर्किएर आएकाहरुको स्बाबको नमुना संकलन गरिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख गोविन्द प्रसाद श्रेष्ठले जानकारी दिए । महाशखासँगको सहकार्यमा नमुना संकलन कार्य संभव भएको स्वास्थ्य कार्यालय ललितपुरका योजना अधिकृत रामकृष्ण फुँयालले जानकारी दिए ।
नमुना संकलनमा ५ जना महिला सहित १५ जना सिद्धिपुरका , ४ महिला सहित ११ जना लुभुका र ८ जना लामाटारका रहेको शाखा प्रमुख श्रेष्ठले बताए ।
महाशाखाका ल्याव टेक्नियसन अधिकृत भोला अधिकारीको नेतृत्वमा ल्याव अधिकृत भोला पौडेल र बुद्धरत्न मर्हजनले नमुना संकलन गरेका थिए । संकलित स्वाबको रिर्पोट केन्द्रिय प्रयोगशाला टेकुले प्राप्त गरेको २४ घण्टाभित्र दिइसक्ने ल्याव टेक्नियसन अधिकृत अधिकारीले जानकारी दिए । यद्यपी सबैको रिपोट आइतबारसम्म आइसक्ने कार्यालय प्रमुख डा गेलालले बताए ।
यसरी स्वावको नमुना परिक्षण गरिँदा विदेशबाट आएकाहरु ढुक्क हुन पाउने र यसपछि परिवार र समाजमा घुलमिल हुन पाउने स्वास्थ्य कार्यालय ललितपुरका उनले बताए । उनका अनुसार महालक्ष्मी नगरपालिकामा जस्तै अन्य पालिकामा पनि क्वारेन्टाइनमा बस्नेहरुको पनि परिक्षणका लागी प्रस्ताव आए स्वास्थ्य कार्यालयले समन्वय गरेर काम गर्नेछ र्। अनय पालिकामा पनि स्बाबको नमुना संकलनका लागी हामी महाशाखामा अनुरोध गर्नेछौ , उनले भने ।
नमुना दिन आएका कसैलाई पनि कुनै स्वास्थ्य समस्या नदेखीएपनि कोरोना परिक्षण गरेर ढुक्क हुन पाए आफु र वरपरका छिमेकमा पनि सन्तुष्टी मिल्ने नमुना दिन आउनेहरुले बताएका थिए । लकडाउननै १९ दिन चलिसक्दा उनीहरु स्वदेश आएको ३ हप्ता भइसकेको छ । उनीहरु १५ दिनसम्म घरमा एक्लै क्वारेन्टाइनमा बसिसकेका छन् ।
नमुना संकलन स्थलमा क्वारेन्टाइनमा बसेर नमुना दिन आएकाहरुको संख्या देखेर केही बेर स्थानीयहरु अचम्मीत परेका थिए । पढाई र कामको सिलसिलामा विदेश गएर पछिल्लो १ महिनायता आएकाहरुलाई क्वारेन्टाइनमा राखेर वडा र स्वास्थ्यकमीृको निगरानीमा राखीएको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले बताए । उनका अनुसार ५४ जना विदेशबाट आएकाहरु होम क्बारेन्टाइनमा बसेको जानकारी नगरपालिकालाई भएपनि अरु पनि बसेको पाइएको छ र्। उनीहरुलाई ढुक्क बनाउन यो खाले परिक्षणका निम्ती ललितपुर स्वास्थ्य कार्यालयलाई अनुरोध गरेका हौ, उनले भनेर्, हामी कोरोना मुक्त नगर घोषणा गर्ने तयारीमा छाँै । वडा नम्बर ६ की वडा सदस्य सोभा मर्हजनले आफ्नो वडामा रहेका १५ जना विदेशबाट आएर क्वारेन्टाइनमा बसेकाहरुलाई स्वाव परिक्षणका लागी बिहीबार लुभु ल्याएकी थिईन् ।