Saturday, November 16, 2024

विराटनगरमा कोरोना परिक्षण तयारी पुरा

चैत २८ (हाकाहाकी) – विराटनगरमा कोरोना भाइरसको संक्रमण परीक्षणको तयारी पूरा भएको छ ।

कोशी अस्पतालमा स्थापना गरिएको कोरोना संक्रमण परीक्षण प्रयोगशाला (ल्याब) को प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले निरीक्षण गर्नुभएको छ ।

त्यस क्रममा मुख्यमन्त्री राईले कोशी अस्पतालमा राखिएको ल्याब काठमाडौं पछिको ठूलो क्षमताको भएको बताउनुभयो ।
कोरोना परीक्षणका लागि आवश्यक उपकरण र केमिकल हेलिकप्टरबाट विराटनगर ल्याइएको थियो ।

कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले संभवत आज साँझदेखि परीक्षण शुरु गर्ने तयारी भएको बताउनुभयो ।

प्रदेश सरकारले कोशी अस्पताल अन्तर्गत नै कोराना विशेष अस्पताल पनि सञ्चालन गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार