Saturday, November 16, 2024

प्रदेश २ सरकारले कृषकको चार महिनाको ब्याज तिरिदिने

चैत २८ (हाकाहाकी)– प्रदेश २ सरकारले कोरोना भाइरस रोक्न गरिएको बन्दाबन्दिका कारण प्रभावित किसानले लिएको ऋणको चार महिनाको व्याज तिरिदिने निर्णय गरेको छ ।
शुक्रबारको प्रदेश मन्त्रिपरिषद बैठकले किसानले बैंक, वित्तीय संस्था वा सहकारीबाट लिएको ऋृणको ४ महिनाको व्याज तिरिदिने निर्णय गरेको हो ।

कृषि कर्मका लागि किसानहरुले ५ लाख रुपैयासम्म लिएको ऋणमा अधिकतम १२ प्रतिशतसम्मको ४ महिनाको, पाँचलाखदेखि १५ लाखसम्मको ऋणमा १२ प्रतिशतसम्मको व्याजदरमा ५० प्रतिशततिरिदिने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

उहाँले यस्तै १५ लाखदेखि ३० लाख रुपैयासम्मको ऋणमा ४० प्रतिशत र ३० लाखभन्दा बढीको ऋणमा कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले निर्णय गरे बमोजिम व्याज तिरिदिने निर्णय भएकोे बताउनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार