चैत २८ (हाकाहाकी)– नेपाल र भारतबीच लकडाउनका कारण एकअर्काका देशमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा हेरचाह गर्ने विषयमा दुई देशका प्रधानमन्त्रीबीच शुक्रबार टेलिफोन संवाद भएको छ ।
प्रधानमन्त्री केपीशर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्तामा यस विषयमा कुराकानी भएको हो ।
प्रधानमन्त्री ओलीले कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउन आफूहरु सहमत भएको बताउनुभएको छ ।
ओलीले सामाजिक सञ्जालमार्फत मोदीसँगको टेलिफोन वार्ताको विषयमा जानकारी दिनुभएको छ ।
दुई प्रधानमन्त्रीबीचको वार्तामा आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज तथा सुचारु राख्न छलफल भएको छ ।
भारत सरकारले उपलब्ध गराउने औषधी लगायतको सहयोगतका लागि समेत प्रधामनन्त्री ओलीले मोदीलाई धन्यवाद दिनुभएको छ ।