Saturday, November 16, 2024

कोरानामा नयाँ बिरामी देखिएका छैनन र संक्रमितको अवस्था पनि सामान्य छ : स्वास्थ्य मन्त्रालय

चैत २८ (हाकाहाकी)– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप नयाँ व्यक्तिमा कोभिड–१९ को संक्रमण नदेखिएको र संक्रमितको अवस्था पनि सामान्य रहेको जानकारी दिएको छ ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप नयाँ कोरोना सक्रमित व्यक्ति नभएको भन्दै हालसम्म ३ हजार ५२४ व्यक्तिको कोरोना सक्रमणको नमूना परीक्षण गरेको बताउनुभयो ।

उहाँले गत २४ घण्टामा ६३० वटा परीक्षण गरिएको जानकारी दिनुभयो । आठ सय बढी परीक्षणको क्रममा छ ।

हाल नेपालभरि ८ हजार ६६० जनाक्वारेन्टाइनमा छन् । आइसोलेसनका व्यक्तिको संख्या १२५ छ ।

प्रवक्ता देवकोटाले प्रत्येक प्रदेशमा क्वारेन्टाइनमा रहेका व्यक्तिको परीक्षणका लागि प्रति प्रदेश ५ हजारका दरले ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) सामग्रीप्रदान गरिएको बताउनुभयो ।
बागलुङ, म्याग्दी र पर्वतका स्वास्थ्यकर्मीलाई ¥यापिड डाइग्नोस्टिक टेस्टसम्बन्धी तालीम दिइएको र परीक्षण समेत शुरु गरिएको सो अवसरमा जानकारी दिइयो ।

सङ्कटको समयमा जनशक्ति अभाव नहोस् भन्दै मन्त्रालयले सेवाबाहिरका र सेवानिवृत्त चिकित्सकलाई स्वेच्छिकरुपमा सेवामा आबद्ध हुन आग्रह गरेको छ ।

मन्त्रालयले छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीलाई परिचालन गर्ने भएको छ ।

विपतमा सहयोगका लागि स्वास्थ्य सेवामा कार्यरत कर्मचारीको सेवा सुविधा काट्ने किसिमको निणर््ाय मन्त्रालयले नगरेको भन्दै उच्च मनोबलका साथ काम गर्न मन्त्रालयले आग्रह गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार