Sunday, September 8, 2024

बेलायती प्रधानमन्त्रीलाई वार्डमा सारियो

चैत २८ (हाकाहाकी)—कोरोना भाइरसको संक्रमण भएर अति सघन कक्षमा उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई जनरल वार्डमा सारिएको छ ।

स्वास्थ्यमा केही सुधार देखिएपछि आईसीयूबाट जनरल वार्डमा सारिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

जोन्सन अझै केही दिन चिकित्सकको निगरानीमा अस्पतालमै रहने प्रधानमन्त्री निवास डाउनिङ स्ट्रीटले जनाएको छ ।

प्रधानमन्त्रीलाई स्थानीय समय अनुसार हिजो साँझ आईसीयूबाट जनरल वार्डमा सारिएको बिबिसीको खबरमा उल्लेख छ ।

कोभिड–१९ को संक्रमण देखिएपछि प्रधानमन्त्री जोन्सोनलाई अस्पताल भर्ना गरिएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार