चैत २८ (हाकाहाकी)— विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर १६ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् ।
विश्वका दुई सय ९ देश र दुई वटा अन्तर्रा्ष्ट्रिय पानी जहाजमा कोरोना फैलिँदा १६ लाख दुई हजारभन्दा धेरै मानिसमा संक्रमण पुष्टि भएको छ ।
कोरोनाका कारण अहिलेसम्ममा ९५ हजार भन्दा धेरैको ज्यान गएको छ । सबैभन्दा धेरै इटालीमा १८ हजारभन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा गएको २४ घण्टामा १७ सयभन्दा धेरैको ज्यान गएसँगै अहिलेसम्म १६ हजारभन्दा धेरैको ज्यान गएको छ । यसैगरी साढै तीन लाख जना उपचारपछि निको भएका छन् ।