चैत २८ (हाकाहाकी)— भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सीमा नाकामा कडाइ गर्न सशस्त्र प्रहरीले जनशक्ति बढाएको छ ।
भारतसँग सिमाना जोडिएका जिल्लामा थप २२ सय ८० जना जनशक्ति थप गरिएको सशस्त्र प्रहरीका नायब महानिरीक्षक (डीआईजी) प्रविन श्रेष्ठले बताउनुभयो ।
। उहाँले यसअघि भारतीय सीमामा सशस्त्रका १ सय २० वटा मात्रै चेकपोस्ट रहेकोमा ८ सय ५ वटा अस्थायी चेकपोस्ट थप गरिएको जानकारी दिनुभयो ।
काठमाडौंबाट थप जनशक्ति पठाएसँगै करिब साढे पाँच हजार सशस्त्र सीमामा खटिएका छन् ।
भारतमा जोखिम बढ्दै गएको र नेपाल सुरक्षित देखिएकाले भारतबाट नेपाल आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै सीमामा कडाइ गरिएको हो।