चैत २८ (हाकाहाकी)— कोरोना संक्रमण फैलन नदिन मुस्ताङ प्रवेश गर्ने सीमानाका बन्द गरीएको छ ।
म्याग्दी र मुस्ताङको सिमानामा पर्ने मुख्य नाका घाँसा क्षेत्रमा रोक लगाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिनु भयो ।
उहाँले मनाङको थोरङ्ला पास क्षेत्र हुँदै मुस्ताङ प्रवेशमा पनि रोक लगाइएको बताउनु भयो ।
यसैगरी मुक्तिनाथ मन्दिरमा मन्दिरका पूजारीले गर्ने नित्यपूजाबाहेक तीर्थयात्री र पर्यटकका लागि पूजाआजा बन्द गरिएको छ।
लकडाउन सुरु हुनु अघि मुस्ताङमा पुगेका विभिन्न देशका २६ जना पर्यटक मुस्ताङमा नै रहेको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिनु भयो ।
जिल्लाका विभिन्न स्थानीय तहहरुमा ९३ वटा शय्या क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ ।