चैत २८ (हाकाहाकी) — आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
हाल देशभित्र स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव बढेकाले पश्चिमी भू–भाग तथा पहाडी भू–भागका थोरै स्थानमा आँशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो देशको पहाडी भू–भागमा आँशिक देखि सामान्य बदली रही एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै, आज राति देशको पश्चिमी भू–भागमा आँशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ ।
मेघ गर्जन,चट्याङ र हावाहुरी सहित क्षणिक वर्षा हुन सक्ने देखिएकोले महाशाखाले सामान्य सतर्कता अपनाउन समेत अपिल गरेको छ ।