Sunday, November 17, 2024

बिस्केट जात्रा सामान्य पूजाआजामा सीमित

चैत २८ (हाकाहाकी)— भक्तपुरमा मनाइदै आइएको बिकेस्ट जात्रा यसपाली रथ तान्ने काम नभएपछि सामान्य पूजाआजामा सीमित भएको छ ।

कोरोेना भाइरसको संक्रमणको जोखिम कम गर्न देशभर लकडाउन गरिएकाले भक्तपुरको बिस्काः जात्रा अर्थात बिस्केट जात्रा यस वर्ष सामान्य बिधि र पुजाआजा गरी मनाइएको छ ।
देशमा अनिकाल, रोग, व्याधि, शत्रु नाशको कामना गर्दै मनाइने बिस्काः जात्रा विश्वव्यापी रूपमा देखिएको महामारीका कारण रोकिन पुगेको हो ।

चैत २७ गते बेलुकादेखि सुरु भएर आठ दिन नौ रातसम्म मनाइने बिस्काः जात्रा भक्तपुरको मुख्य जात्राको रुपमा लिइन्छ ।
भक्तपुर नगरको केन्द्रमा अवस्थित पाँचतले र भैरवनाथको मन्दिर प्रांगणमा निर्माण गरिएको तीनतले प्यागोडा शैलीको भैरवनाथको रथ तानातान गरेर मनाउने गरीएपनि यसपाली लकडाउनले रथ निर्माण हुन सकेन ।

तर गुठी संस्थानले यो वर्ष भैरवनाथको नयाँ रथ बनाउन छानाका विभिन्न भाग तथा चारैवटा पांग्रा नयाँ निर्माण गराएको थियो ।

झन्डै २ हजार वर्ष लामो इतिहास रहेको बिस्काः जात्रा पहिलोपटक रोकिएको प्राध्यापक डा. पुरुषोत्तम लोचन श्रेष्ठले बताउनुभयो ।

नेपाल संवत् ७ सय ४१ को चैत शुक्ल पूर्णिमाको दिन भैरवको रथ तान्ने क्रममा रथ पल्टिएको र त्यसलाई फेरि बनाएर जात्रा दोहोर्याएर निकालिएको श्रेष्ठले बताउनुभयो ।
त्यस समयमा जात्रा रोकिएपछि विभिन्न विधानबाट क्षमा पूजा र राँगो बलि दिएर जात्रा पुनः सञ्चालन गरिएको इतिहास रहेको उहाँले बताउनुुभयो ।

जात्रा स्थगित भएपछि त्रान्त्रिक विधिबाट पूजाआजा गर्ने अथवा रथ एवं लिगो ठड्याउने काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार