चैत २८ (हाकाहाकी)— काठमाण्डौ उपत्यकामा आज बिहानै पाँच सयभन्दा बढी कारवाहीमा परेका छन् ।
कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको ’लकडाउन’को उल्लङ्घन गरी हिँडेका पाँच सय ६७ जनालाई नियन्त्रणमा दिएको प्रहरीले जनाएको छ ।
लकडाउनका बेला अत्यावश्यक काम बाहेकका लागि घरबाहिर निस्कन नहुने भएकाले बाहिर निस्किएकाहरुलाई प्रहरीले कारबाही गरेको गरेको हो ।
आउँदो वैशाख ३ गतेसम्मका लागि सरकारले लकडाउन घोषणा गरेको छ । लकडाउनको विकल्प नभएकोले पूर्ण रुपमा पालना गर्न सरकारले सबैलाई आग्रह गर्दै आएको छ ।