चैत २८ (एजेन्सी)— इङलिस प्रिमियर लिगका खेलाडीहरुले कोरोना भाईरसविरुद्ध लड्न एक परोपकारी कोषको स्थापना गरेका छन् ।
कोरोनाविरुद्ध लडिरहेको इंग्ल्यान्डको नेसनल हेल्थ सर्भिस (एनएचएस) लाई सहयोग गर्ने उदेश्यले खेलाडीहरुले कोष खडा गरेका हुन् ।
म्यानचेस्टर युनाइटेडका कप्तान ह्यारी मागुएरे, लिभरपुलका कप्तान जोर्डन हेण्डरसन र टोटेनहमका कप्तान ह्यारी केनले सामाजिक संजाल ट्वीटरबाट कोषको स्थापना गरिएको जनाएका छन् ।
प्रिमियर लिग क्लबका कप्तानले संयुक्त जारी गरेको विज्ञप्तिमा लिगका धेरै भन्दा धेरै खेलाडीसँगको छलफलपछि कोष स्थापना गर्ने निर्णय गरेको जनाएको छ ।
कोषले एनएचएसलाई आवश्यक आर्थिक सहयोग जुटाउने छन् ।
प्रिमियर लिगका खेलाडीको यस कदमलाई बेलायतका स्वास्थ्य सचिव म्याट हान्ककले स्वागत गर्नुभएको छ ् ।
कोरोनाको कारण इंग्ल्यान्डमा ७ हजार बढी मानिसको मृत्यु भईसकेको छ ।