Sunday, November 17, 2024

कोरोना जोखिम कम गर्न ३८५ कैदीहरु रिहा

चैत २८— कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गर्न भन्दै नेपालका कारागारबाट ३ सय ८५ कैदीहरू रिहा भएको गृह मन्त्रालय अन्तर्गत रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

त्यसरी रिहा हुनेमा जघन्य र गम्भीर प्रकृतिका अपराधबाहेक अन्य मुद्दामा दोषी ठहर भई कैद भोगिरहेका व्यक्ति परेको विभागले जनाएको छ ।

सर्वोच्च अदालतको पूर्ण इजलासले दिएको एउटा विशेष आदेशका आधारमा सरकारले यस्तो निर्णय गरेको बताउनुभयो ।

गएको चैत्र ७ गते सर्वोच्च अदालतले एक वर्ष वा त्योभन्दा कम कैद सजाय तोकिएका कैदीलाई जिल्ला अदालत वा न्यायिक निकायको सिफारिसमा रिहा गर्न सरकारलाई आदेश दिएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार