Sunday, November 17, 2024

रोटरीले ३६ शैयाको आइसोलशन कक्ष बनाउने

चैत २८— रोटरी क्लबले कोरोना भाइरसको उपचारका लागि ३६ शैयाको आइसोलेशन कक्ष निर्माण गर्ने भएको छ ।

रोटरी इन्टरनेशनल ड्रिस्टिक ३२९२ तथा रोटरी क्लब अफ जावलाखेलको आयोजनामा कोरोना रोटरी सेन्टरमार्फत ३६ शय्याको आइसोलेशन कक्ष निर्माण गर्न लागेको हो ।

विश्वव्यापी रुपमा फैँलदै गएको नोबेल कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर तत्काल दुई शय्या र बाँकी क्रमशः विस्तार गर्दै लैजाने रोटरी इन्टरनेशनलका पूर्व डिस्टिक गभर्नर जया राज्यलक्ष्मी शाहले जानकारी दिनुभयो ।

कोरोना उपचारका लागि रोटरी इन्टरनेशलनले विभिन्न अस्पतालमा स्वास्थ्य सामग्रीसमेत प्रदान गर्दै आइरहेको उहाँको भनाइ छ ।

यसैबीच, रोटरी इन्टरनेशनलले विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाइरसबारे निःशुल्क जानकारी दिन नेपाल नेशनल अस्पताल कलङ्कीमा हटलाइन सेवासमेत सञ्चालनमा ल्याएको छ ।

रोटरी इन्टरनेशनलले कोरोनाबारे कुनैपनि परामर्श लिनुपरेमा अब निःशुल्क हटलाइन ११४७ नम्वरमा फोन गर्न सबैमा आग्रह गरेको छ ।

रोटरी क्लब, एक विशुद्ध सेवामूलक अन्तरराष्ट्रिय सामाजिक संस्था हो ।

ताजा समाचार

सम्बन्धित समाचार