चैत २८— स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट मृत्यु भएकाको शव व्यवस्थापन सम्बन्धी १९ बुँदे कार्यविधि सार्वजनिक गरेको छ ।
मन्त्रालयले भविष्यमा देशभित्र कोरोना भाइरस संक्रमितको मृत्यु भएमा त्यस्तो अवस्थामा कसरी शव व्यवस्थापन तथा अन्तिम संस्कार गर्ने भन्नेबारे कार्यविधि ल्याएको हो ।
मन्त्रालयले हिजो सार्वजनिक गरेको कार्य्विधि अनुसार आफन्तले कोरोना संक्रमितको शव एक मिटर टाढाबाट मात्र हेर्न पाउने छन् ।
मन्त्रालयले सार्वजनिक गरेको कार्य्विधिअनुसार ६० वर्षभन्दा बढी उमेर भएका र दीर्घरोगीहरुलाई शव नजिक जानबाट रोक्ने उल्लेख छ ।
यस्तै, सद्गतिमा सहभागी हुने मृतक परिवारका सदस्यले पनि ‘पीपीई’ लगाएर गर्नुपर्ने छ ।
शव लिन जानुपूर्व शव वाहनका चालक तथा कर्मचारीहरुले पीपीईको प्रयोग गर्नुपर्ने छ ।
मृतकको कुलधर्म अनुसार शवको सम्मान गर्दै निजका उपस्थित आफन्तहरुलाई सुरक्षित राख्नुपर्ने छ ।
यस्तै, शवलाई अस्पताल र घरबाट अन्तिम संस्कार गर्न लैजानेक्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्सका कर्मचारी, सद्गत गर्ने व्यक्तिहरु र सदगतमा सहभागी हुने मृतकमा आफन्तले पञ्जा, चस्मा, टोपी, मास्कसहितको पीपीई प्रयोग गर्नुपर्ने कार्य्विधिमा उल्लेख छ ।