अछाम – पछिल्लो समय अछाम जिल्लाका धेरैजस्तो खेतीयोग्य जमीन बाँझिन थालेका छन् । जलवायु परिवर्तनका कारण पानी नपर्दा खेतीयोग्य जमीन बाँझोमा परिणत भएका हुन् । अछामको साँफेबगर नगरपालिका ८ का धेरैजस्तो खेतीयोग्य जमीन सिँचाइका लागि आकाशको भरपर्नु पर्ने बाध्यता छ । सिँचाइका लागि कुलो नहुँदा आकाशे पानीको भर पर्नु पर्ने बाध्याता त्यहाँका स्थानीयलाई छ ।
पछिल्लोे समय जलवायु परिवर्तनका कारण पानी नपर्दा त्यहाँका सयौँ रोपनी खेती योग्य जमीन बँझिएका हुन् । वर्षायाममा समेत पर्याप्त पानी नपर्दा खोलानालाका पानीका मुहानसमेत सुकिसकेका छन् । दुःख गरेर लगाएको धान, मकै, गहँु बालीलाई सिँचाइका लागि कुलो नहुँदा र आकाशबाट पानी पनि नपर्दा खेतीबारीमा नै बाली सुक्ने समस्या आउने गरेको छ । पानी पर्न छोडेपछि उत्पादनसमेत हुन छोडेको छ । दुःख गरेर लगाएको अन्नबाली खेतबारीमा नै सुक्न थालेपछि साँफेबगर नगरपालिका धेरै युवा कृषि पेसा छोडेर रोजगारीका लागि भारत जाने गरेका छन् ।
साँफेबगर नगरपालिका ८ टोल ४ का ७५ वर्षीय धनबहादुर कुँवरका अनुसार ‘वर्षायाममा पनि पर्याप्त पानी नपरेको करिब १२÷१५ वर्षभन्दा बढी भइसकेको छ ।’ असार साउनमा केही पानी परे पनि पर्याप्त हुँदैन । ‘पानी नपर्दा धेरै खेतीयोग्य जमीन बँझिएका छन् । यहाँ खेती लगाउन आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ । सिँचाइका लागि कुलो छैन । आँकासबाट नै पानी पर्न छोडेपछि खेतीयोग्य जमीन बँझिएका हुन् ।
७५ वर्षीय कुँवर भन्छन् ‘जलवायु परिवर्तनका कारण पानी पर्न छोडेको हो । मलाई सम्झना छ म १५÷२० वर्षको हुँदा हिउँद महिनामा हप्ता दिनसम्म पानी पथ्र्यो । पानीको समस्या हुँदैन थियो । खेतीबारीमै पानीका मुहान फुट्थे । जेठको महिनामा पनि पानीको कुनै समस्या हँुदैन थियो । वैशाख जेठमा नै धान रोप्ने काम सुरु हुन्थ्यो र हिउँदमा पनि समयमा नै गहुँ खेती लगाउन सकिन्थ्यो । खोलामा पानी घट्ट चल्थे । तर अहिले असार साउनको महिनामा पनि पानी पर्दैन ।’
आकाशबाट पानी पर्न छोडेपछि खेतीबाली लगाउन त कहाँ हो काहाँ मान्छेलाई खानेपानी पाउनसमेत मुस्किल भएको छ । कुँवरले भने, ‘ जलवायु परिवर्तनका कारण आकाशबाट पानी नपरेपछि खोलानालाका पानीका मुहानसमेत सुकिसकेका छन् ।’
वर्षायाममा पनि पर्याप्त पानी नपर्ने हुँदा धेरैले खेती गर्नसमेत छोडिसकेका छन् । पानी नपर्दा अहिले गाउँमा अधिकांश खेतीयोग्य जमीन बाँझिएका छन् । कुँवरले भने, ‘जलवायु परिवर्तले पानीका स्रोत सबै सुकिसकेका छन् । गाउँमा मान्छेलाई खानेपानीको समेत समस्या छ । युवाहरू घरपरिपार पाल्न रोजगारीका लागि भारत गएका छन् । युवा नहुँदा खोला नजिकैका खेतीयोग्य जमीनसमेत बाँझा छन् ।
साँफेबगर नगरपालिका ८ टोल नम्बर ३ की ७० वर्षीय सरिता रावल भन्छिन्, ‘१२÷१५ वर्ष पहिला हिउँदमा पनि हप्ता दिनभन्दा बढी झरी लाग्ने गथ्र्यो । अब हिउँदमा पानी नै पर्दैन । रावलले भनिन्, ‘हाम्रो समयमा कुनै खेतीयोग्य जमीन बाँझो रहेको देख्न पाइँदैन थियो । हिउँदमा सबैले बारीमा गहँु, तोरी लगाउने गर्थे । अब पानी नै पर्दैन कसरी खेती गर्नु ? सबै खेतीयोग्य जमीन बाँझो छ । आजभोलि हिउँदमा खेतमा गहुँ, तोरी लगाएको कमै देख्न पाइन्छ । आकाशबाट पानी नपर्दा सबैजस्तो खेतीयोग्य जमीन बाँझै छन् ।’