कञ्चनपुर– छाडा चौपाया ओसारपसार गर्ने कार्यमा संलग्न कञ्चनपुरको बेदकोट नगरपालिका–३ का केशव पन्तलाई बुधबार रु पाँच हजार ५०० जरिवाना रकम तिराइएको छ ।
से१त ७१६६ नंको ट्र्याक्टरमा बेदकोट नगरपालिकाबाट शुक्लाफाँटा नगरपालिकामा तीन वटा छाडा गाई ल्याएर छाड्ने क्रममा नियन्त्रणमा लिई जरिवाना रकम तिराइएको हो ।
छाडा गाई स्थानीय पार्वती धामीको जिम्मा लगाइएको छ । बेदकोट–३ का पन्त महाकाली सिँचाइ आयोजना तेस्रो चरणको नहर निर्माणको कार्यमा सङ्कलन भएका दाउरा ढुवानीको कार्यमा संलग्न रहेका छन् ।
स्थानीय बासिन्दा गगनसिंह महराले पन्तले आउँदा ट्र्याक्टरमा छाडा गाई लिएर आउने र जाँदा दाउरा बोकेर लैजाने गरेको बताउनुभयो । शुक्लाफाँटा नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि चुरे क्षेत्र नजिकै गौशाला निर्माण गरेको छ ।