काठमाडौँ– काठमाडौँ महानगरपालिकालाई सडक मानव मुक्त घोषणा गरिने भएको छ ।
२५ औं महानगर दिवसको अवसर पारेर मानव मुक्त घोषणा गरिने भएको हो । सडकमा दुःखी र असहाय कोही नभेटिउन् भन्ने उद्देश्यले अभियान शुरु गरेको महानगरपालिकाको भनाई छ ।
महानगरका मेयर विद्यासुन्दर शाक्यको संयोकत्वमा मूल समिति बनाएको छ भने सहरी योजना आयोगकी सदस्य गुजेश्वरी श्रेष्ठको संयोजकत्वमा कार्यान्वयन उपसमिति बनाएको छ ।
यसअघि पनि महानगरले सडकमा रहेका बेवारिसे, मनोरोगी तथा असहायको उद्धार गरी पालनपोषण, औषधोपचारपश्चात घर पहिचान भएकालाई परिवारमा पुनःमिलन गराउने लगायतका कार्यमा जुटिरहेको मानवसेवा आश्रमलाई सहयोग गर्दै आएको छ ।