Friday, November 7, 2025

विद्युतीय बसको खरीद सम्बन्धी विवाद कायमै

काठमाडौँ– सरकारले साझा यातायातमार्फत खरीद गर्ने भनिएका विद्युतीय बसको अझै टुङ्गो लाग्न सकेको छैन। बस खरीदका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संस्थाको तीन अर्बको शेयर खरीद गरेको पाँच महिना बित्दासमेत खरीद प्रक्रिया अन्योलमा छ।

सरकारले दिएको ‘स्पेसिफिकेशन’ र साझाले बस खरीदका लागि गरेको तयारीमा फरक देखिएको भनी दशैँ पहिले खरीद प्रक्रिया अघि नबढाउन साझालाई निर्देशन दिएको थियो। त्यसपछि मन्त्रालय र संस्थाबीच दुईपटक बैठक भए पनि टुङ्गो लाग्न नसकेको बताइएको छ।

बस खरीद साझामार्फत नै गरिने भए पनि कुन रूपमा गर्ने भनी टुङ्गो लाग्न नसकेको हो। काठमाडौँ उपत्यकाका स्थानीय तहसँगको सहकार्यमा ठूला बस सञ्चालन गर्दै आएको साझाले नेपाल सरकार मात्रै नभएर प्रदेश सरकार र स्थानीय तहसँगको सहकार्यमा विद्युतीय बस खरीद गर्ने र सञ्चालन गर्ने योजना बनाएको थियो।

विद्युतीय बस खरीदका लागि प्रदेश नं ३ ले ३० करोड, काठमाडौँ महानगरपालिकाले १० करोडका शेयर खरीद गरेका थिए। ललितपुर महानगरपालिका र साझा आफैँले दुई करोड ५० लाख लगानी गरेर विद्युतीय बस खरीद गर्ने बताइएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार