Monday, April 21, 2025

टुँडिखेल खुला गर्नुपर्नेमा कामपा सकारात्मकः प्रमुख शाक्य

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले टुँडिखेल खुला गर्नुपर्छ भन्ने अभियान सकारात्मक रहेको स्पष्ट पारेको छ। टुँडिखेलको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई जीवन्त राखी संरक्षण र खुला बनाउने दायित्व महानगरपालिकाको नै रहेको जनाइएको छ।

करीब दुई हप्तादेखि सम्पदा संरक्षण अभियानकर्मीले ‘अकुपाईँ टुँडिखेल अभियान’ सञ्चालन गर्दै विभिन्न दबाबमूलक कार्यक्रम गरिरहँदा महानगरपालिकाले यस्तो जनाएको हो।

नगर प्रमुख विद्यासुन्दर शाक्यले हरेक राजनीतिक परिवर्तनको साक्षी बनेको टुँडिखेललाई पहिलाकै अवस्थामा ल्याउन आफूले सक्दो प्रयास गर्ने भन्दै त्यस विषयमा राजनीति नगर्न आग्रह गरेका छन्।

सम्पदा संरक्षण अभियन्ता आलोक तुलाधरले पुनःनिर्माणको सम्बन्धमा हो वा अन्य कुनै बहानामा खुलामञ्चमा भएको अतिक्रमण तत्काल हटाउनुपर्ने बताए। स्वच्छ, सफा र खुला टुँडिखेलका लागि नागरिक दबाबका कार्यक्रमको नेतृत्व प्रमुख शाक्यले नै गर्नुपर्ने अभियानकर्मीहरुको भनाइ छ।

अहिले टुँडिखेलको केही जग्गामा बसपार्क सञ्चालन हुँदै आएको छ भने धरहरा र दरबार हाइस्कूल पुनःनिर्माणका सामग्री राखिएका छन्। दुई वर्षका लागि भन्दै लामो समयदेखि बसपार्क सञ्चालन हुँदा पनि यहाँ व्यवस्थापनमा थप समस्या भएको छ।

यो पनि पढ्नुहोस्:

टोलटोलमा सार्वजनिक जग्गा र वातावरण जोगाउ अभियान आवश्यक

टुँडिखेल जोगाउन तीन महिना निरन्तर पहरेदारी

‘अकुपाइ टुँडिखेल’ को दोस्रो हप्ता: खरीको बोट रोपियो

‘अकुपाइ टुँडिखेल’ को तेस्रो हप्ता: रचनात्मक विरोध

ताजा समाचार

सम्बन्धित समाचार