Sunday, September 8, 2024

दिल्लीको वायु गुणस्तरमा सुधार

नयाँ दिल्ली– भारतको नयाँ दिल्लीमा वायु प्रदूषण पहिलेको तुलनामा केही कम हुँदै गएको छ।

हल्का वर्षापछि दिल्लीको हावाको गुणस्तरमा सुधार भएको न्यूज अन एअरले जनाएको छ। वायु प्रदूषणको मात्रा घट्नाले भिजिबिलिटिमा सुधार आएको छ भने हावाको रफ्तार पनि बढेको बताइएको छ। नयाँ दिल्लीमा पछिल्लो केही दिनयता मर्निङ वाक गर्नेहरूको संख्यामा पनि वृद्धि भएको छ।

हवाको गुणस्तर एयर कवालिटिी इन्डेक्समा मापन गरिन्छ। यदि एयर क्वालिटी इन्डेक्स ०–५० को बीचमा रहेको खण्डमा राम्रो मानिन्छ। ५१–१००को बीचलाई सन्तोषजनक मानिन्छ। १०१ देखि २०० को बीचलाई औसत मानिन्छ भने २०१ देखि ३०० सम्मको अवस्थालाई खराब मानिन्छ र ३०१ देखि ४०० सम्मको बीचको अवस्थालाई निकै खराब र ४०१ देखि ५०० सम्मको अवस्थालाई गम्भीर मानिएको छ।

दिल्लीको वायू बिहिबार एयर क्वालिटी इन्डेक्समा १३६ रहेको थियो।

यो पनि पढ्नुहोस्:

दिल्लीमा प्रदूषणको असर: रेष्टुरेन्ट र मनोरञ्जन उद्योगमा मन्दी

भारतको दिल्लीमा वायु प्रदूषणको मात्रा बढ्यो

प्रदूषण बढ्नुका दुई कारणः भारतको असर र चिसो हावाको चाप

दिल्ली प्रदूषणको असर काठमाडौँसम्मः धुलोका कणहरू बढे, भिजिबिलिटी कम भयो

दिल्लीको प्रदूषणबाट काठमाडौँले के पाठ सिक्न सक्छ ?

 

ताजा समाचार

सम्बन्धित समाचार