काठमाडौँ– आरुघाट मुआब्जा निर्धारणका लागि बसेको बैठक विना निष्कर्ष टुङ्गिएको छ ।
बुढीगण्डकी डुवान क्षेत्रमा पर्ने आरुघाट लगायत बजार क्षेत्रको मुआब्जा निर्धारणका लागि बुधबार बसेको सरोकारवालाको बैठकले मुआब्जा निर्धारण गर्ने तयारी गरेतापनि विना निष्कर्ष टुङ्गिएको हो । अर्को बैठक बसेर मुआब्जाको टुङ्गो लगाउने बताइएको छ ।
आयोजनाको वातावरण मुआब्जा वितरण, पुर्नवास तथा पुर्नस्थापना इकाइ सिउरेनीटारमा बैठक बसेको थियो ।
प्रभावितहरुले प्रति आनाको २५ लाख रुपैयाँसम्म माग गरेका छन् । तर आयोजनाले भने प्रभावितको माग अनुसार मुआब्जा रकम दिन नसक्ने बताउँदै आएको छ ।
बैठकमा गोरखा र धादिङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, सरोकार समितिका प्रतिनिधि, जनप्रतिनिधि, मालपोत र नापी कार्यालयका प्रमुख लगायतको सहभागिता रहेको थियो ।