काठमाडौँ– नेपाली खाद्य वस्तुहरू चीन निर्यात गर्न चिनियाँ भाषामा लेवल राख्नुपर्ने भएको छ ।
उत्पादनकर्ताले अनिवार्यरुपमा चिनियाँ भाषामा लेवल राख्नुपर्ने भएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार गुणस्तर र परिक्षण मापदण्डमा लचकता अपाउन सकिने तर लेवलको भाषा चाइनिज नै हुनुपर्ने चिनियाँ पक्षको मागअनुसार सरकारले तयारी थालेको हो ।
चीनका ९५ प्रतिशत जनाताले अंग्रेजी भाषा नबुझ्ने भएकाले चीन निर्यात गर्ने खाद्य वस्तुमा अनिवार्य चाइनिज भाषामा लेवल उल्लेख गर्नुपर्ने सर्त चिनियाँ पक्षको रहको बताइएको छ ।
चीन निर्यात हुने नेपाली वस्तुको लेवलमा चिनियाँ भाषा उल्लेख गर्नेबारे उत्पादकहरुसँग छलफल गरिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
नेपालमा हाल नेपाली र अंग्रेजीमा भाषामा लेवल लेख्नुपर्ने कानुनी प्रवधान छ । तर उपभोक्ताले बुझ्ने कुनै पनि अर्को भाषामा वस्तुको लेवल लेख्न उत्पादकलाई कानुनी बन्देज भने नभएको विभागले जनाएको छ ।