Monday, April 21, 2025

अर्घाखाँचीमा बस दुर्घटना, १८ जनाको मृत्यु

अर्घाखाँची– अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ।

सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना हुँदा घटनास्थलमै १८ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा ११ पुरुष र ७ महिला छन्। मृतकको सनाखत हुन सकेको छैन।

दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार गरिरहेका छन्। दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ११ जनालाई उपचारका लागि प्रादेशिक अस्पताल बुटबल र दुई जनालाई जिल्ला अस्पताल सन्धिखर्क पठाइएको बताइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार