थाइल्याण्ड– थाइल्याण्डको जंगलमा मृत अवस्थामा फेला परेको हरिणको पेटमा सात किलो फोहोर भेटिएको छ ।
हरिणको पेटमा प्लाष्टिक, पुरुषका अण्डरवेयर, कफी ब्याग, प्लाष्टिकको डोरीसहितका फोहोर भेटिएको स्थानीय अधिकारीले बताएका छन्।
हरिणले लामो समयदेखि प्लाष्टिकसहितका फोहोर खाँदै आएको खुन साथन नेशनल पार्कका अधिकारीले बताएका छन्। थाइल्याण्डमा यो वर्षको सुरुवमा डुगोङ्गको बच्चा प्लाष्टिक खाकै कारण मरेको थियो।
गएको सोमबार गस्तीका रहेका एक अधिकारीले १० वर्षको भाले हरिणलाई मृत अवस्थामा फेला पारेका थिए। हरिणको पेटमा प्लाष्टिकको ग्लोभ्स, चाउचाउ तथा सानो तौलिया समेत भेटिएको जनाइएको छ।
थाइल्याण्ड प्लास्टिकको झोलाको एक प्रमुख प्रयोगकर्ता देश हो। वातावरणीय समूह ग्रीनपीसका अनुसार थाइल्याण्डमा प्रत्येक वर्ष करिब ७५ अरब प्लास्टिक झोलाहरू फ्याँकिने गरेका छन्। सेप्टेम्बरमा देशको वातावरणीय मन्त्रीले २०२० बाट प्लास्टिकको प्रयोगमा रोक लागउने घोषणा गरेका थिए ।