Monday, April 21, 2025

अल्बानिया भूकम्पः मृत्यु हुनेको संख्या २० पुग्यो, उद्धार कार्य तीव्र

अल्बानिया– अल्बानियामा मंगलबार बिहान आएको भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ। ६.४ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु राजधानी टिरानाबाट ३४ किलोमिटर उत्तरपश्चित तर्फ रहेको बताइएको छ।

अल्बानियामा २० जनाको ज्यान जाने गरि गएको ठूलो भूकम्पपछि उद्धारकर्ताहरू रातभर घाइते तथा बेपत्ताको खोजीमा जुटेको बीबीसीले जनाएको छ। करिब १५ जना मानिस अझै हराइरहेका छन् भने भत्किएका भवनका भग्नावशेषबाट ४० जनाभन्दा बढीको जीवितै उद्धार गरिएको छ।

सैनिक, प्रहरी र आपतकालीन सेवाका कर्मचारीहरू टाउकोमा टर्च जोडेर भवनका भग्नावशेषमा खोज तथा उद्धार कार्यमा खटिएका छन्।

केन्द्रविन्दु नजिकका डुरेस र थुमान नगरमा सबैभन्दा बढी क्षति भएको बताइएको छ। ती स्थानमा विपद् पीडितको बसोबासका लागि अस्थायी शिविरहरू बनाइएको छ।

मंगलवारको भूकम्प दशकौँपछि अल्बानियामा गएको सबैभन्दा ठूलो भएको अधिकारीहरूले बताएका छन्। बाल्कन क्षेत्र भूकम्पको जोखिममा छ। त्यहाँ सन् १९७९ मा ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यतिबेला अल्बेनियामा १३६ जनाको ज्यान गएको थियो भने एक हजारजना भन्दा बढी घाइते भएका थिए।

ताजा समाचार

सम्बन्धित समाचार