Tuesday, November 19, 2024

काम नगर्ने ठेकेदारलाई कारबाही नगरे अनशन बस्छु : अध्यक्ष दाहाल

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समयमै काम पूरा नगर्ने ठेकेदारलाई कारबाही नगरे आफू अनशन बस्ने बताएका छन्।

मंगलबार नेकपा प्रदेश २ ले बाराको निजगढमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मधेसमा विकास निर्माणको काम समयमा पूरा नगर्ने ठेकेदारलाई कारवाही गर्न सरकारलाई आग्रह गर्ने र कारबाही नभए आफू अनशन बस्न तयार रहेको बताए ।

तराईका खेतमा पानीको अभाव हुन नदिने बताउँदै उनले सुनकोशी कमला डाइभर्सन आयोजनाबाट सप्तरी, सिराहा र धनुषाको सिँचाई समस्या समाधान गर्ने बताए। तराई मधेसको जनताको विकास र समृद्धिको यात्रामा ध्यान केन्द्रित गर्ने जिम्मेवारी सरकार र पार्टीको भएको भन्दै उनले उक्त कार्यमा ढिलाइ गर्ने ठेकेदारलाई कारवाही नगरे जनतासँग मिलेर आन्दोलन गर्ने जनाए ।

‘यदि ठेकेदारले तोकेको समयमा काम गर्दैन भने तिनलाई कारवाही गर्न सरकारलाई आग्रह गर्छु,’ उनले भने, ‘सरकारले पनि अटेरी गरे तपाईहरूको साथमा अनशन बस्न पनि म तयार छु ।’

ताजा समाचार

सम्बन्धित समाचार