Thursday, January 29, 2026

अल्बानियामा ६.४ रेक्टरस्केलको भूकम्प, ६ को मृत्यु

अल्बानिया– अल्बानियामा मङ्गलबार बिहान आएको भूकम्पमा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ।

भूकम्पका कारण १५० भन्दा बढी घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन्। उक्त भूकम्प ६.४ रेक्टरस्केलको भएको जनाइएको छ। मृत्यु भएका मध्ये एक जनाले कुरबिनस्थित एक घरको पाँच तला माथीबाट हामफालेको एक सैन्य अधिकारीले बताएका छन्।

अर्का एक महिला र एक पुरुषको शव देशको राजधानी तिरानको उत्तरी क्षेत्रमा पर्ने थुमानमा भेटिएको थियो। घाइते भएकाहरुको भने विभिन्न अस्पतालहरुमा उपचार भइरहेको बताइएको छ।

उनीहरुको राजधानी तिरान र अर्को डुर्रेसमा उपचार भइरहेको हो। घटनास्थलमा खोजी तथा उद्धारको काम भइरहेकाले मृत्यु हुने र घाइते हुनेको संख्या बढ्न सक्ने अधिकारीहरुले अनुमान गरेका छन्। भूकम्प मापन केन्द्रले फेरि पपराकम्पन आउन सक्ने जनाउँदै सुरक्षित रहन आग्रह गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार