Tuesday, April 22, 2025

नेपालगञ्ज विमानस्थललाई अत्याधुनिक बनाउँछौँ: मन्त्री भट्टराई

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आगामी पाँच वर्षभित्र नेपालगञ्ज विमानस्थललाई अत्याधुनिक र सुविधा सम्पन्न बनाइने बताएका छन्।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको २८ औँ साधारणसभाको बाँकेमा उद्घाटन गर्दै उनले अन्तरराष्ट्रिय विमानस्थलका रुपमा विकास गर्न नेपालगञ्ज विमानस्थलमा पाँच वर्षमा १५ अर्ब बजेट खर्च गर्ने सरकारको लक्ष्य रहेको बताए।

मन्त्री भट्टराइले सुविधा सम्पन्न बनाएर यहाँबाट अन्तरराष्ट्रिय उडानका लागि मन्त्रालयले कार्ययोजना अघि बढाएको बताए। उनले भारतीय उड्डयन प्राधिकरणसँग कूटनीतिक पहल भइरहेकाले यस विषयले छिट्टै सफलता पाउने विश्वास व्यक्त गरे।

मन्त्री भट्टराइले नेपालगञ्ज पश्चिम नेपालको पर्यटन ट्रान्जिट रहेको भन्दै अन्तर प्रदेश हवाई उडानका लागि नेपाली निजी विमान कम्पनीका प्रतिनिधिसँग पनि छलफल भइरहेको बताए। नेपाली वायुसेवा कम्पनीले लिइरहेको दोहोरो भाडादरकोसमेत अन्त्य गरिने मन्त्री भट्टराईले जानकारी दिए।

ताजा समाचार

सम्बन्धित समाचार