काठमाडौँ– अकुपाई टुँडिखेलको तीन महिने अभियान अन्तर्गतको आज तेस्रो शनिबार साहित्यिक जमघट भएको छ । विभिन्न साहित्यकारहरुले रचनात्मक ढंगले विरोध जनाएका हुन् ।
सामाजिक, साँस्कृतिक तथा वातावरणीय हिसाबले महत्वपूर्ण उपत्यकाको टुँडिखेललाई संरक्षण गर्न कार्तिक २३देखि ‘अकुपाई टुँडिखेल’ अभियान सञ्चालन गरिएको थियो।
तीन महिनासम्म चल्ने ‘अकुपाई टुँडिखेल’ अभियान अन्तर्गत प्रत्येक शनिबार मानवसाङ्लो बनाएर टुँडिखेल घेराउ गरिने र अन्य कार्यक्रम हुनेछ। अतिक्रमणमा परेको टुँडिखेललाई पूर्वावस्थामै फर्काउन र देशैभर रहेका अन्य खुल्लास्थानहरुको संरक्षणका लागि सन्देश दिन पनि ‘अकुपाई टुँडिखेल’ अभियान चलाइएको आयोजकको भनाइ छ।
सो कार्यक्रममा पूर्वप्रधानमन्त्रीदेखि काठमाडौँ महानगरपालिकाका उपमेयरसँगै विभिन्न क्षेत्रमा आवद्ध सर्वसाधारणहरुको उपस्थिति थियो ।
यो पनि पढ्नुहोस: