काठमाडौँ– राजमार्गसहित सार्वजनिक स्थानमा खुलेका होटेलले सार्वजनिक सवारी साधनबाट उत्सर्जन हुने फोहोर व्यवस्थापन गर्न अनिवार्य कन्टेनर राख्नु पर्ने भएको छ।
सरकारले भ्रमण वर्ष २०२० अभियानअन्तर्गत सार्वजनिकस्थल सफा राख्न राजमार्गमा सञ्चालित होटेलमोटेलहरुलाई निर्देशन जारी गरेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन प्रशासनमार्फत स्थानीय तहलाई त्यसको नियमन गर्नसमेत आग्रह गरेको छ।