Friday, October 18, 2024

चक्रपथ र सुरुङ निर्माणका लागि सङ्घीय सरकारलाई अनुरोध गरिने

सुर्खेत- कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगर उपत्यकामा चक्रपथ निर्माण गर्न तथा वीरेन्द्रनगर–तेलपानी–भूरीगाउँ सडकखण्डमा सुरुङ मार्ग निर्माण गर्न सम्भाव्यता अध्ययनका लागि सङ्घीय सरकारसँग अनुरोध गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को १४औँ र १५औँ बैठकका निर्णय बुधवार सार्वजनिक गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता विमला केसीले उक्त जानकारी दिएका हुन् ।

बैठकले ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रम सञ्चालन कार्यविधि, श्रम दिन अभियान सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, कर्णाली प्रदेश पूर्वाधार विशेष कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, कर्णाली प्रदेश समपूरक अनुदानसम्बन्धी कार्यविधि, २०७५ (तेस्रो संशोधन), कर्णाली प्रदेश विशेष अनुदानसम्बन्धी कार्यविधि, २०७५ (दोस्रो संशोधन), मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका तथा कर्णाली प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली स्वीकृत गर्ने निर्णय गरेको मन्त्री केसीले जानकारी दिए ।

ताजा समाचार

सम्बन्धित समाचार