काठमाडौँ– परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले सगरमाथा संवाद सचिवालयको उद्घाटन गरेका छन् । बिहिबार उनले काठमाडौँमा सो सचिवालयको उद्घाटन गरेका हुन् ।
साथै मन्त्री ज्ञवालीले आज बिहान काठमाडौँ स्थित कूटनीतिक नियोगका प्रमुख, अन्तर्राष्ट्रिय र क्षेत्रीय संगठनहरू र विकास साझेदारहरूलाई सगरमाथा संवादको ब्रीफिंग पनि गरेका थिए ।
उच्च राजनीतिक नेतृत्व, मुलुकहरू तथा समग्र विश्व समुदायबीच जलवायु परिवर्तनको संकटबारे समान धारणा बनाउने लगायतको विभिन्न उद्देश्यसहित आगामी चैत २१ र २२ गते अन्तर्रा्ष्ट्रिय स्तरको सगरमाथा संवाद हुँदैछ ।