Wednesday, November 20, 2024

हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई सहयोग

महेन्द्रनगर– हात्तीको आक्रमणबाट ज्यान गुमाएका शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका बलदेव बोहोराका परिवारलाई राहत वितरण गरिएको छ।

बिहीबार सामुदायिक वन समन्वय समिति कञ्चनपुरले बोहराका परिवारलाई राहात स्वरुप आर्थिक सहयोग गरेको हो। समितिका पदाधिकारीले मृतककै घरमा पुगेर पीडित परिवारलाई २५ हजार रुपैयाँ हस्तान्तरण गरेको छ। समितिले दिएको रकम बोहोरा परिवारलाई सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य महेशदत्त जोशीले हस्तान्तरण गरेका थिए।

यसअघि शुक्लाफाँटा नगरपालिकाले पनि पीडित परिवारलाई २५ हजार किरिया खर्च दिएको थियो। बलदेव बोहोराको गत असोज २९ गते सिद्ध बैजनाथ सामुदायिक वनमा हात्तीको आक्रमणबाट मृत्यु भएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार