काठमाडौँ– सिरहाको लहानबाट हराएको नेपाल आयल निगमको ट्याङ्कर फेला परेको छ। सो ट्याकंर धनुषाको सपहीमा फेला परेको हो ।
निगमको इन्धन डिपो अमलेखगञ्जबाट मंसिर १ गते २० हजार डिजेल लोड ना४ख ४१६३ नम्बरको ट्यांकर लहानबाट सोमबार राति ११ गायब भएको थियो। ट्याकंर रित्तो हालतमा फेला परेको बताइएको छ ।
यस्तै मंगलबार नेपाल आयल निगमले डिलेज लोड भएको ट्याङ्कर हराएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको थियो ।
निगमले प्रदेश नं १ का प्रमुख इञ्जिनीयर अशोक साहको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई सात दिनभित्र सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।